- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार २ सयले घटेर प्रति तोला ५४ हजार ५ सयले कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ७ सय २५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४३ रुपियाँ पाँच पैसा कायम गरेको छ।