- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सयले बढेर प्रति तोला ५४ हजार ८ सयले करोबार भईरहेको छ ।
त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।