- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सयले घटेर ५४ हजार ७ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीमा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।