×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनले कमाए १ अर्ब ५३ करोड खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयनले कमाए १ अर्ब ५३ करोड खुद नाफा

Artha Sarokar

२५ बैशाख २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब ५३ करोड ५१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष यही अवधिको तुलनामा १६.३६% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष बैंकले १ अर्ब ३१ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा ९.४७% ले मात्र वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयनले २ अर्ब ७६ करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३९ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो त्रैमासमा हिमालयनले ९२ अर्ब ८९ करोड ८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ बैंकले ७८ अर्ब ८ करोड ३४ लाख ९२ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनामा निक्षेप १४.८५% र कर्जा लगानी १९.६०% ले वृद्धि भएको छ । बैंकले गत वर्ष २.९८% रहेको खराब कर्जालाई कम गरेर ०.९०% मा सीमित राखेको छ । यसैगरी, कर्जा निक्षेप अनुपात ७९.९०% छ ।
बैंकको कस्ट अफ फन्ड भने बढेको छ । गत वर्ष २.२६% रहेको कस्ट अफ फन्ड यो त्रैमासमा ३.२५% पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल पनि घटेको छ । हाल बैंकको इक्विटीमा प्रतिफल २०.५२% छ । गत वर्ष यो २३.०९% थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी पनि ४७.०२% ले बढेर ६ अर्ब ६१ करोड ४७ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ मात्र थियो । बैंकले ४ अर्ब ५१ करोड ३० हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा गर्न सफल भएको छ । रिजर्भ कोष पनि गत वर्षको तुलनामा १९.३४% ले बढेको हो । हिमालयनको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका छन् । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी