×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘होटल भिजिट’का नाममा प्लस टु कलेजको यस्तो धन्दा ! विद्यार्थी गनेर उठाइन्छ होटलबाट कमिसन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्लस टुमा व्यवस्थापन अन्तर्गत एउटा विषय हुन्छ, ‘एचएम’ अर्थात ‘होटल मेनेजमेन्ट’ । पछिल्लो समय विद्यार्थीहरुको रोजाईको विषयसमेत बनेको छ यो । अधिकांस प्लस टु कलेजमा पढाइ हुने यो विषयमा विद्यार्थीहरुका लागि होटल भिजिट भन्दै विभिन्न होटलहरुमा लैजाने गरिन्छ । अधिकांस कलेजहरुले एक न एक पटक विद्यार्थीहरुलाई नगरकोट लैजाने गरेका छन् । यसरी विद्यार्थी होटल भिजिट लैजाँदा अधिकांस कलेजले छुट्टै रकम लिने गरेको छ । 
प्रति विद्यार्थी १५०० देखि ४००० सम्म लिएर होटल भिजिट लैजाँदा किन प्राय एउटै होटलमा लगिन्छ होला ? किन विद्यार्थीहरुलाई नगरकोटनै लगिन्छ ? किन काठमाडौँका पांचतारे होटलहरुमा होटल भिजिट अक्सर गराईदैन ? यस्ता थुप्रै प्रश्नहरु विद्यार्थी र अभिवावकको मनमा हुन सक्छन् । यसको खास अर्थ भनेको होटलबाट एचएम शिक्षक वा कलेजले पाउने कमिसन रहेको खुलासा भएको छ । अर्थ सरोकार डटकमले एचएम शिक्षक भएर गरेको अनुसन्धानबाट यस्तो खुलासा भएको हो ।

कति कलेजलेनै कमिसन माग्छन्, प्राय कमिसन एचएम शिक्षककै पोल्टोमा !
आफ्नो नाम नबताउने सर्तमा नगरकोटस्थित एक होटलमा कार्यरत एक कर्मचारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार होटल भिजिटमा ल्याउँदा विद्यार्थीहरु गनेर एचएम शिक्षकलाई कमिसन दिने गरिएको छ । ‘हाम्रो होटलमामात्र होइन, प्राय: सबै होटलहरुमा यस्तो चल्ने गरेको छ । विद्यार्थी गनेर कमिसन दिनुपर्छ । यस्तो ‘डिल’ गर्न होटल मेनेजमेन्ट पढाउने शिक्षक, वा कलेजका प्रतिनिधि अघिल्लो दिन नै आईपुग्छन् । पहिला नै डिल गरेकाहरुसँग थप कुराकानी गर्नुपर्दैन । ‘ उनले भने । उनका अनुसार प्रति विद्यार्थी ५०० देखि ८०० सम्म उनीहरुले तिरेको रकम हेरेर कमिसन दिनुपर्छ । उनका अनुसार कतिपय शिक्षकलाई बार्षिक रुपमा कमिसन दिने गरिएको छ भने कतिपय शिक्षकहरुलाई विद्यार्थ ल्याएनैपिच्छे कमिसन दिने गरिएको छ ।
‘व्यापार हो ! यो त चलेको चलन हो’ : होटल सञ्चालक
यता नगरकोटका विभिन्न होटलका संचालकहरुले यो चलेको चलन भएको बताएका छन् । हामीले कलेजको एचएम शिक्षक बनेर फोन गर्दा नगरकोटस्थित एक होटलका सञ्चालकले हामीलाई प्रति विद्यार्थी ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म कमिसन दिने दावी गरे । हामी यसविषयमा गरिएको अनुसन्धानको खास रिपोर्ट अर्को अंकमा प्रकाशन गर्नेछौं । होटल सञ्चालकले बाहिर भन्न नमिलेपनि आफुहरुले शिक्षक र कलेजका प्रतिनिधिहरुलाई कमिसन दिने गरेको स्वीकारेका छन् । ‘यो त बिजनेश हो सर ! के गर्ने ? हामीले नदिएपनि तपाईंलाई अर्कोले कमिसन दिइहाल्छ । त्यसैले हाम्रो पनि कमिसन दिनु वाध्यता हो ।’ नगरकोटस्थित एक होटल सञ्चालकले हामीसँग भनेका छन् ।
कलेजका प्रतिनिधिलाई अरु दिनपनि फ्री !
नगरकोटमा यस्तोसम्म धन्दा चल्दोरहेछ कि, विभिन्न कलेजबाट होटल भिजिटका नाममा आफ्नो होटलमा विद्यार्थी ल्याउने शिक्षक वा कलेज प्रतिनिधिहरु अरुबेला आएपनि होटलमा नि:शुल्क खाने र बस्ने व्यवस्था हुँदोरहेछ । ‘तपाईं कहाँ-कहाँ पढाउनुहुन्छ ? सबै विद्यार्थी हामीकहाँ ल्याउनुहोस्, विद्यार्थी गनेर कमिसनपनि दिन्छौं । अरु बेला यसो यतातिर आउँदा खान-बस्नसमेत ‘फ्री’ गरिदिन्छौं ।’ एक होटलका सञ्चालकले एचएम शिक्षक बनेर फोन गरेका अर्थ सरोकार डटकमका प्रतिनिधिलाई भने ।
बोल्ने मान्दैनन् कलेजका प्रतिनिधि !
आफुपनि होटल मेनेजमेन्ट पढाउने शिक्षक भएको र आफुसँग थुप्रै विद्यार्थी भएको भन्दै होटल सञ्चालकलाई फोन गरेका हामीलाई होटलका संचालकले यसरी कमिसन लिएर विद्यार्थी ल्याईदिने केहि कलेज र तीनका शिक्षकहरुको समेत नाम खुलासा गरेका छन् । हामीले हाम्रो अनुसन्धान पूरा गर्न केहि कलेजहरुमा फोन समेत गरेका थियौं । ‘यस्तो मलाइ थाहा थिएन । म मेरो एचएम टिचरसँग बुज्छु । यस्तो रहेछ भने म तुरुन्त त्यो टिचरलाई निकालीदिन्छु । अव सिजनको समय आउन लागेको छ । कृपया मैले नबुझुनजेल मेरो कलेज, ती शिक्षक वा मेरो नाम उल्लेख नगर्नुहोला ।’ एक कलेजका सञ्चालकले अर्थ सरोकार डटकमसँग भने । अन्य केहि कलेजहरुभने यस विषयमा हामीसँग बोल्ने मानेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: