
- अर्थ सरोकार सम्बाददाता
इलाम- इलाम जिल्लामा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । यसअघिपनि देशको सबैभन्दाबढी व्यक्तिले आत्महत्या गर्ने जिल्ला भनेर चिनिएको इलाममा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको डरलाग्दो तथ्यको खुलासा भएको हो ।
इलाममा हालसालै सार्वजनिक भएको एक तथ्यांक अनुसार प्रत्येक ३.८९१ दिनमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । अञ्चल प्रहरी कार्यालय मेचीले मेची अञ्चलमा भएको आत्महत्याको तथ्याङ्कलाई आधार मानेर तयार पारेको प्रतिवेदनमा यस आर्थिक बर्षमा मात्र आत्महत्याको दर ३५.४ प्रतिशतले बृद्धि भएको उल्लेख छ भने तीन बर्षलाई आधार मानेर हेर्ने हो भने ३२.३१ प्रतिशतले आत्महत्याको दरमा बृद्धि भएको छ ।
अझ खास कुरा त के छ भने इलाममा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेका छन् । एक कार्यक्रमका बीच अंचल प्रहरी कार्यालय मेची अंचलले दिएको जानकारी अनुसार अन्तिम ३ आर्थिक बर्षमा मेची अञ्चलमा एकहजार ४८ जनाले आत्महत्या गरेका छन् । जसमा १६ बर्षसम्म उमेर समुहका ८ प्रतिशत, १७ देखि २५ बर्ष उमेर समुहका २१ प्रतिशत, २६ देखि ४० बर्ष उमेर समुहका ३३ प्रतिशत र ४१ देखि ६० बर्ष उमेर समुहका २५ प्रतिशतले मेची अञ्चलमा आत्महत्या गरेको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्