Skip to content
LAXMI SUNRISE BANK

जाँदाजाँदै उर्जामन्त्रीको अर्को चमत्कारीक योजना…

अर्थ सरोकार


काठमाडौं – सरकार छाड्दै गर्दा नेपाल सरकारका उर्जामन्त्री जर्नादन शर्मा र कुलमान घिसिगंले नयाँ योजना अगाडी सारेका छन् । पछिल्ला दिनहरुमा नेपाली जनताको पक्षमा धेरै राम्रा काम गर्दै आएको मन्त्रालयले अर्को उस्तै योजना अगाडी ल्याएको हो ।
यस्तैमा ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको हो ।
‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।’
मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने गरी एकैपटक ठूला जलविद्युत्त आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ । उर्जामा लगानीको समस्या नभएको भन्दै शर्माले ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK