
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सर्वाधिक चर्चित र सफल मन्त्री बने उर्जामन्त्री जनार्दशन शर्मा । राजधानी लगाएत देशभर लोडसेडिड मुक्त गरेर चर्चित बनेका शर्मा आफ्नै पार्टी नेताको निशानामा परेका छन् ।
शर्मा पार्टी अध्यक्ष प्रचण्डका निकै विश्वास पात्र हुन् । प्रचण्डकै अन्य विश्वास पात्रहरुले शर्मालाई निशाना साध्न थालेका छन् । अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वगृहमन्त्री शक्ति बस्नेत र प्रमुख सचेतक टेकबहादुर बस्नेतले शर्माबिरुद्ध घेराबन्दी सुरु गरेका छन् ।
महरा, बस्नेतको समुहले गाँउदेखि सिंहदरवार र पार्टी बैठकसम्म उनलाई घेराबन्दी गर्न थालेको शर्मा निकट स्रोतले बताएको छ । लोडसेडिड मुक्त गरेको जस प्रधानमन्त्री प्रचण्डले लिनु पर्नेमा शर्मा आफैले लिएको, राजनीतिक नियुक्तिमा मनोमानी गरेको जस्ता आरोप लगाउन थालिएको छ ।
माओवादी जनयुद्धको उद्गम स्थल रुकुम शर्माको गृहजिल्ला हो । रुकुमसँगै सीमा जोडिएका रोल्पाका कृष्णबहादुर महरा, सीमा जोडिएका जाजरकोटका शक्ति बस्नेत र सल्यानका टेकबहादुर बस्नेत उनका विरुद्ध पार्टी भित्र उत्रेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा शर्मा पक्षधरलाई लगभग पाखा लगाउने काम समेत भएको स्रोतले बताएको छ ।
प्रदेश नम्वर ६ मा स्थानीय तहको निर्वाचनमा टिकट दिँदा रुकुम बाहेक अन्य जिल्लामा शर्मा पक्षधर नेता कार्यकर्तालाई विभेद गरिएको थियो । ६ नम्वर प्रदेशका संयोजक शक्ति बस्नेतले शर्मा पक्षधरलाई टिकटमा विभेद गरेपछि सल्यानका ६ केन्द्रीय सदस्यहरुले राजीनामा समेत दिएका थिए ।
जिल्ला र गाउँमा मात्र नभई सिंहदरवारमा पनि उनीबिरुद्ध घेराबन्दी गरिएको छ । लामो समयदेखि घाटामा रहेको नेपाल बिद्युत प्राधिकरणलाई नाफामा ल्याउने शर्मा प्रस्ताव अर्थमन्त्री महराले अस्वीकार गरिदिएका छन् ।
आव ०६७, ६८ मा सरकारले विद्युत्त प्राधिकरणको २७ अर्ब अपलेखन गरिदिएपछिको चार वर्षमा ३७ अर्ब ६० करोड सञ्चित घाटाका पुगेको प्राधिकरणले चालू वर्षदेखि नै प्राधिकरणलाई नाफामा लैजान सक्ने भन्दै शर्माले प्रस्ताव गरेका थिए। तर, अधिकांश प्रस्तावलाई अर्थले अस्वीकृत गरिदिएको छ । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्