×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झलक सुवेदी भन्छन्ः लिन्न भनेको मानपदवी सरकारले जर्बजस्ती भिरायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

झलक सुवेदी भन्छन्ः लिन्न भनेको मानपदवी सरकारले जर्बजस्ती भिरायो

Artha Sarokar

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – राजनीतिक विश्लेषक भलक सिवेदीले सरकारले आफूलाई दिएको मानपदवी लिन अश्वीकार गरेका छन् ।
गणतन्त्र दिवस ०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा जनसेवाश्री मानपदवी पाउनेहरुको सूचीमा कास्कीका झलक सुवेदीको नाम पनि छ । तर, सुवेदीले ‘आफ्नो नाम गरेकाले मापदवी पाएको सुनेको’ भन्दै प्रतिक्रिया दिएका छन्, ‘मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु ।’
सरकारको यो कदमले आफ्नो सम्मान नभई अपमान भएको उनले बताए । राजनीतिक विश्लेषक सुवेदीले ट्वीट गर्दै भनेका छन्, ‘सामन्ती संस्कृतिको यो पराम्पराप्रति विरोध छ । यसको परम्परा, संस्कृति, छनोट मापदण्ड सबैप्रति मेरो असहमति छ । यसलाई सम्मान होइन, सार्वजनिक अपमान ठान्छु ।’ – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी