×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको एकैसाथ थप तीन नयाँ शाखा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ज्योति विकास बैंकको एकैसाथ थप तीन नयाँ शाखा विस्तार

Artha Sarokar

१७ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –ज्योति विकास बैंकले एकै समय विभिन्न स्थानमा तीन नयाँ शाखा विस्तार गरेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहीमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको हो ।
३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो । त्यस्तै, ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र बैंकका संचालक नारायण प्रसाद पौडेलद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।
शाखा उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका निर्देशकहरु गोकर्ण खतिवडा, जगदिश्वर प्रसाद अधिकारी र नारायण प्रसाद पौडेलले गरेको थियो भने, झुम्का शाखाको उदघाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुंवर तथा संचालक छत्रमान श्रेष्ठको पनि उपस्थितिमा भएको थियो ।
उद्घाटन कार्यक्रहरुमा स्थानिय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो ।
बैंकको अहिलेसम्म ३२ शाखा, एक एक्टेन्शन काउन्टर तथा १२ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । देशका विभिन्न स्थानमा थप अन्य शाखाको विस्तार गर्दै लैजाने उद्धेश्य रहेको समेत बैंकले जनाएको छ ।
बैंकको हालको चुक्ता पुंजी रु. १ अर्ब १० करोड ४३ लाख रहेको छ भने १ः१ को हकप्रद शेयर जारी गरीरहेकोे छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३÷४÷२८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको हो ।
त्यस्तै, राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ । पछिल्लो समयमा व्यवसायको बृद्धि तथा मुनाफामा उल्लेखनीय प्रगति गरीसकेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्ममा निक्षेप रु ९ अर्ब ३५ करोड तथा कर्जा रु ८ अर्ब ३८ करोड प्रवाह गरी खुद मुनाफा रु १९ करोड २७ लाख आर्जन गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी