×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको हकप्रद बिक्री खुल्ला, जेठ ३१ गतेसम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ज्योति विकास बैंकको हकप्रद बिक्री खुल्ला, जेठ ३१ गतेसम्म भर्न पाइने

Artha Sarokar

२८ बैशाख २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – ज्योतिको १००% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १ः१ अनुपातमा १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयर बिहीबारदेखि बिक्री सुरु गरेको हो । यो हकप्रद सेयर जेठ ३१ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल काठमाडौं र ज्योतिको केन्द्रीयसहित सम्पूर्ण शाखा कार्यालयबाट यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । वैशाख १३ गतसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन ज्योतिले १००% हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर बिक्रीपछि ज्योतिको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्नेछ । ज्योतिले चुक्ता पुँजी बढाउने क्रममा राप्तीभेरी विकास बैंकलाई एक्वाएर गर्ने सम्झौतामा हस्ताक्षर पनि गरिसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ज्योतिले १९ करोड २६ लाख ५८ रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २३.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.८६ रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी