×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति बिकास बैंकले गर्यो ‘कमाल’को प्रगती, खुद नाफातर्फ अपत्यारिलो वृद्धि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति बिकास बैंकले गर्यो ‘कमाल’को प्रगती, खुद नाफातर्फ अपत्यारिलो वृद्धि !

१९ बैशाख २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ज्योति बिकास बैंकले अघिल्लो वर्षको तुलनामा १३५ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ८ करोड २० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको बैंकले यो वर्षको सोही अवधिमा १९ करोड २६ लाख कमाएको छ । बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ भने अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३.४० प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटाएर यो वर्ष सोही अवधिमा ०.९९ प्रतिशतमा झारेको छ । 
ज्योतिले यो अवधिमा ९ अर्ब ३५ करोड निक्षेप संकलन गरी ८ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । जवकी अघिल्लो वर्ष यही अवधिमा बैंकले ७ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५ अर्ब ९६ करोड कर्जा परिचालन गरेको थियो । हालचुक्तापुँजी १ अर्ब १० करोड र जगेडा कोषमा ३४ करोड रुपैयाँ रहेको बैंकले निकट भविष्यमै सतप्रतिशत हकप्रद निश्कासन गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी