×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिकोट भिडन्त: जनताको जालमा यसरी फसे सुरक्षाकर्मी, कति चल्यो गोली, कति हरायो हतियार ? (पूर्ण विवरणसहित)

स्थानीय तह निर्वाचनको क्रममा कालिकोटको माल्कोट नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा भएको भिडन्तमा परि एकजनाको ज्यान गइसकेको छ । 
भिडन्तमा माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताका साथै सुरक्षाकर्मीसहित ८ जना घाइते भएका छन्। प्रहरीको हतियार, गोलीगट्ठा र झोलाहरु हराएको बताइएको छ । 
घटनाबारे अहिलेसम्म प्रसाशनले एकिन विवरण दिएको छैन भन्ने समाचारहरु बाहिरिएका छन् । घटनाको यथार्थ के हो त ? आखिर स्थानीय जनताको जालमा सुरक्षाकर्मी कसरी फस्यो ?
यस विषयमा जानकारी अर्थ सरोकार डटकमको एक टोली प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदी र कालिकोटका प्रहरी निरीक्षक सुर्यबहादुर बोगटीसँग बिस्तृत जानकारी लिन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पुग्यो। 

मतदान केन्द्र पुरै कब्जा

प्रजिअ सुबेदीका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएपछि मतपेटिका प्याक गरेर गणनास्थलतर्फ लाने तयारी गर्दै गर्दा मतदान स्थल रणभूमिमा परिणत भयो ।
मतदान सकेर ब्यालेट उठाउनै लाग्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्र कब्जा गरे । कम्युनिष्ट पार्टीका कार्यकर्ता र स्थानियहरुले सुरक्षाकर्मीलाई घेरा हालेर फटाफट ब्यालेट बक्स कब्जामा लिए । 
नन्दादेवी मावि मतदान केन्द्रको एउटा मतपेटीका मतदान सकेर गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा उनीहरुले मतादान केन्द्र घेरेर आगो लगाएउन थाले । प्रहरीले त्यतिबेलासम्म कुनै एक्सन लिएको थिएन तर मतदान गर्ने जनताहरु नै मतपेटिका जलाउन अघि बढेपछि दोहोरो भिडन्त सुरु भयो। सुरक्षाकर्मीले घेरा तोड्ने क्रममा गोली चलाउनु परेको प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीको भनाइ छ । 
दोहोरो भिडन्त सुरु भएपछि अधिकृत र कर्मचारीको भागाभाग
जिल्ला प्रहरी कार्यालय कालिकोटले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटीका जलाउन थालेपछि प्रहरीले गोली चलाउन सुरु गर्यो । केहिबेरसम्म त प्रहरीले गोली चलाउने र कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थानीय प्रतिकारमा उत्रिए ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सुर्यबहादुर बोगटीले अर्थ सरोकार डटकमलाई दिएको दिएको जानकारी अनुसार कयौं राउण्ड गोली चलेत्यसपछि मतदान अधिकृत र सरकारी अधिकारीहरु एकाएक भागे ।

कुन-कुन हतियारबाट कति राउण्ड चल्यो गोली ?

जिल्ला प्रहरी कार्यालयका अनुसार माल्कोटमा भएको भिडन्तमा प्रहरीले ६५ राउण्ड गोली चलाएको छ । 
प्रहरीले एस एल आर राइफलबाट ४ राउण्ड, थ्री नट थ्री राइफलबाट ३० राउण्ड, चाइनिज ७६ राइफलबाट १७ राउण्ड र चानिज ९ एम एम राइफलबाट १४ राउण्ड गोली चलाएको बताइएको छ ।
६५ राउण्ड गोली चलाइसकेपछि पनि स्थानीय र कम्युनिष्ट पार्टीका कार्यकर्ताले निरन्तर हमला गरेपछि प्रहरी हतियार छोडेर भागेका थिए । तर कम्युनिष्ट पार्टीसहितका जनता र नेपाल प्रहरीबीच भिडन्त भइरहँदा नेपाली सेना भने मौन बस्यो । ‘१३ जनाको समूहमा रहेको नेपाली सेनालाई आक्रामक शैलीमा स्थानीयवासीले घेरा हालेपछि आफुले प्रतिकार गर्दा हुनसक्ने क्षति र परिणामको आँकलन गरेर सेना मौन बसेको हुनसक्छ ।’ माल्कोटका स्थानीय मान बहादुर बिष्टले अर्थ सरोकार डटकमसँग भने ।
घाइते कति भए ?
प्रहरी अनुसार माल्कोट भिडन्तमा परि प्रहरी नायक निरीक्षक चन्द्र शेखर ओली, प्रहरी सहायक निरीक्षक लक्षमण सिंह कुँवर, प्रहरी जवान तिल बहादुर राना, प्रशिक्षार्थी प्रहरी जवान राज कुमार राजबंसी र मेलिना थापा रहेका छन् । त्यस्तै स्थानीय तर्फ कुल बहादुर बटाला, दान बहादुर बटाला, ब्यासी बिक र राप्रपाका वडा अध्यक्ष धनरुप बटाला रहेका थिए । धनरुपको भने ज्यान गइसकेको छ ।

कति हरायो गोलीगट्ठा र झोला ?

माल्कोट भिडन्तमा प्रहरीले हतियार र झोला छोडेर भागेको थियो । प्रहरीले दिएको जानकारी अनुसार प्रहरी जवान अजय सुनार र एक अर्का जवानको झोला हराएको छ भने उक्त झोलामा रहेको ३९ थान गोलीगट्ठा पनि अझै भेटिएको छैन ।
तर अहिलेसम्म हराएको भनिएको सबै हतियार भेटिएको प्रहरीले जानकारी दिएको छ । यता कम्युनिष्ट पार्टीका बिद्यार्थी नेता नरेन्द्र बिकले भने हतियार आफुहरुले भेटेको र कब्जा गर्ने पार्टीको निती नभएकाले नेपाली सेना मार्फत फिर्ता गरिएको इमान्दार मिडियालाई बताए ।

मतदान केन्द्रको माथिल्लो भागमा सकेट बम

बोगटीकाअनुसार उक्त मतदान केन्द्रको माथिल्लो भागमा आइतबार विहान दुई सकेट बम फेला परेका थिए । नेपाली सेनाले उक्त सकेट बमलाई निश्क्रिय पारेपछि मतदान सुरु गरिएको थियो । मतदान केन्द्र वरपरको बाताबरण बिहानैदेखि त्रासमय थियो । त्रासमय बाताबरण र आतंककाबिच मतदान भने भएको थियो । ८७९ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा ५९८ मत खसेको थियो । कालिकोट जिल्ला भरी ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: