
काठमाडौ – नेपाली काँग्रेसलाई झड्का दिदै नेकपा एमालेले सहमतीय सरकार गठनका लागि पहल थाल्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयमध्ये चार दिन पुग्न लाग्दा पनि संसदको पहिलो दल नेपाली कांग्रेसले सहमतिका लागि कुनै पहल नगरेपछि एमालेले त्यसको अगुवाई गर्न लागेको हो ।
संविधानअनुसार राष्ट्रपतिले दिएको एक साताको समयमध्ये चार दिन वितिसकेको छ । योे समयमा संसदमा प्रतिनिधित्व गर्ने कुनैपनि दलहरुवीच एक पटक पनि सहमतीय सरकार गठनबारे औपचारिक रुपमा छलफल नै हुन सकेको छैन ।
स्थानीय निर्वाचनको सफलतासँगै नेपाली काँग्रेससँगको पूर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपतिले सहमतिय सरकारका लागि आव्हान गरेकी हुन् ।
नयाँ सरकार गठनका लागि सहमति जुटाउने जिम्मेवारी संसदमा रहेका सवैदलको उतिकै जिम्मेवारी भएपनि ठुलो दलको हैसियतले त्यसको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने केही राजनीतिक दलका नेता तथा विश्लेषकहरुको भनाई छ ।
यता कांग्रेसले सहमतीका लागि एक चरणको प्रयास भएपनि प्याकेजमा धेरै विषयमा सहमति खोज्नुपर्ने भएकाले सहमतीय सरकार गठनको विषयले प्राथमिकता पाउन नसकेको बताइरहेका बेला उता एमाले अध्यक्ष केपी ओलीले आइतबार पोखरामा संचारकर्मीसँग कुरा गर्दै संक्रमणकाल लम्व्यउनुको साटो दोस्रो चरणको निर्वाचन अघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन पनि सरकारमा इमान्दार नेतृत्व आवाश्यक रहेको ओलीको दावी थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्