
काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । पार्टी संसदीय दलको बैठकमा आइतबार ओलीले भने, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस्फु-टाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।”पार्टी छाडे पनि केही हुँदैन ।
यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ’, ओलीले भने । ओलीले प्रश्न गरे,’करोड-करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा ? ‘पैसा दिएर अर्काे पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न उहाँले गर्दै भन्नुभयो, ‘राज्यले यस्तो गर्न पाउने कि नपाउने ? त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्