Skip to content
LAXMI SUNRISE BANK

भारतीय नम्बर प्लेटको जिपमा माओवादी उम्मेद्धारको पोष्टर !

अर्थ सरोकार

काठमाडौँ – भन्छन नि नमरी बाँचे दुँनिया देख्न पाइन्छ । माहोल स्थानीय तहको निर्वाचनको छ । बीस वर्ष पछाडि हुन लागेको निर्वाचनमा सर्वसाधरणमा उत्साह छाएको छ तर नेताहरु भने चुनाव जित्ने अस्त्रका रुपमा अनेकन गाइजात्रा देखाउन थालेका छन । स्थानीय तहको चुनावले समेत माओवादी र भारतबीचको कनेक्सनको उजागर गरिदिएको छ ।
भारतसँग माओवादीका नेताहरु कसरी लम्पसार परेका छन भन्ने बुझ्नका लागि भारतको नम्बर प्लेट भएको गाडिमा माओवादीले आफ्नो मेयर उपमेयरका उम्मेद्धारलाई जिताऔ लेखिएको प्रचार सामाग्री राखेर प्रचार गरिरहेको उराठ लाग्दो तस्विर भेटिएको छ ।
एसआर शुन्य ६ पिसि ३१०१ नम्बरको भारतको नम्बर प्लेट भएको जिपमा माओवादी उम्मेद्धारलाई विजयी गराऔं भन्ने व्यानर राखेर कुदाइएको भेटिएको छ । – एस काठमाडौं 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK