
कालिकोटको माल्कोटमा आज पुनः मतदान भएको छ । गत बैशाख ३१ गते मतदान सकिएपछि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ता र स्थानीय जनताले मतदान केन्द्र कब्जा गरेर जलाइदिएपछि माल्कोटमा पुनः मतदान भएको हो ।
मतदान केन्द्र कब्जा गर्ने क्रममा भएको झडपमा परी १ जनाको ज्यान गएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए ।
यस्तै पुनः मतदान भएको माल्कोट क्षेत्रमा प्रहरीले जबर्जस्ती स्थानीयवासीलाई घर-घरबाट ल्याएर मतदान गर्न लगाएको आरोप लागेको छ।
माल्कोटका स्थानीय रण बहादुर बटालाले अर्थ सरोकार डटकमलाई टेलिफोन गर्दै नेपाल प्रहरी र शसस्त्र प्रहरीले बिहानैदेखि हतियार देखाउदै भोट हाल्न जबर्जस्ति घरबाट निकालेर मतदान केन्द्रमा ल्याएको आरोप लगाए।
बैशाख ३१ गतेको झडपमा परी एक जनाको मृत्यु भएपछि स्थानीयले आइतबारको मतदान बहिस्कार गर्ने निर्णय लिएका थिए । स्थानीयले चुनवामा भाग नलिने घोषणा गरेपछि प्रहरीले गाउलेमाथि धरपकड गरेको थियो ।
आज उक्त क्षेत्रमा पुन निर्वाचन गराउन जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीय जनताका घर घरमा फ़हराइएका नेकपाको झण्डा हटाउने, चुनाब बहिस्कारको तुल ब्यानर जफत गर्ने र जनताको घर घरमा धड्पकड़ गर्दै निर्वाचनमा भाग लिन दबाब दिएको छ ।
माल्कोटको सल्लारुख, सेरापाटा, धनपाटा, राईटा, घोडेपाडा,पांग्रलगायतका क्षेत्रमा यतिबेला सेना र प्रहरीको संयुक्त टोलि पुगेर जनतालाई निर्वाचनमा भाग लिन जबर्जस्ति गरेको स्थानीय बटालाले बताए ।
८७९ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन आइतबार ४ सय ७५ जना सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुबेदीले बताएका छन् ।
बैशाख ३१ गते १ जनाको ज्यान गएको र अन्य ६ जना गम्भीर घाइते भएको हुनाले पुनः हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै यस्तो सुरक्षाको प्रबन्ध गरिएको जिल्ला पहरी कार्यालय कालिकोटले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्