
काठमाडौं । तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दायर गरेकी छन् ।
एमाले उम्मेदवार दवाडीले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाइ नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्दामा उल्लेख गरेकी छन् ।
दवाडीलाई एक मतले पराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । दवाडीले २ हजार ८ सय ५९ र थापाले २ हजार ८ सय ६० मत पाएको परिणाम सार्वजनिक गरिएको थियो । देवघाट गाउँपालिका अध्यक्ष भने एमालेकै उम्मेदवार दुर्गाबहादुर थापा निर्वाचित भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्