
- अर्थ सरोकार सम्बाददाता
दोलखा- दोलखामा एमाले उम्मेद्वाको छोराको हत्या भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका-२ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको हो । जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गएराति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ ।
गएराति चुनावी प्रचारप्रसार सकेर जुगुमा रहेको एक होटलमा खाना खान लाग्दा माओवादी केन्द्रका कार्यकर्ता आइ कुलबहादुर लगायत अन्य ७/८ जनामाथि आक्रमण भएको होटल सञ्चालिका चन्द्रमाया जिरेलले बताएकी छन् । उनले भनिन्, ‘राति खानाको अर्डर थियो। म पकाउँदै थिए । एक्कासी २०/२५ जना आएर मेरो घरको जस्ता उतार्न थाले र खाना खान बसेकालाई आक्रमण गर्न थाले । म डरेले ४, ७ र १० वर्षका बच्चा समातेर खाटमुनि लुकेँ । पछि के के भयो थाहै भएन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्