
कञ्चनपुर – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ठूला दलहरुको नैतिकता हुन्थ्यो भने संसदको निर्वाचन गराउनुपर्ने बताएका छन् ।
मंगलबार बिहान कञ्चनपुरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘उहाँहरुको नैतिकता हुन्थ्यो भने संविधान बनाउन पाएको म्याण्डेट लिएर अहिलेसम्म सत्तामा बसिराख्ने होइन, सुरुमै संसदको निर्वाचन गराउनु पर्दथ्यो ।’ उनले संघीयतामा गइसकेपछि सुल्टो भनेको पहिले केन्द्र, अनि प्रदेश र त्यसपछि स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखे ।
उनले संसदको निर्वाचनपछि मात्र क्रमशः प्रदेश र स्थानीय तहको गर्नुपर्नेमा ठूला दलहरु उल्टो बाटो हिँडेको बताए । उनले भने, ‘उहाँहरुलाई आफ्नो आधार खस्केला भन्ने डरले भागबन्डामा अल्झिनुभएको छ र उल्टो बाटो हिँडिरहनु भएको छ, त्यो संघीयताको मर्म र भावना विपरित छ ।’
भट्टराईले विभिन्न प्रतिकूलताका बाबजुद अहिलेको चुनावलाई संघर्षको मोर्चाको रुपमा प्रयोग गरिरहेको बताए । उनले भने, ‘एक वर्ष पनि नपुगेको १०र११ महिनाको पार्टीले देशैभरी प्रतिष्पर्धा गर्न सक्ने अवस्था पनि थिएन ।’ उनले भने, ‘ऐतिहासिक कालखण्डमा कांग्रेस भन्ने एउटा ब्रान्ड बन्यो, पछि आएर कम्युनिष्ट भन्ने ब्रान्ड बन्यो, ती ब्रान्डहरुलाई बेचेर तत्काल सत्ताको भागबन्डा गर्ने अवसर त पाउनुभएको छ र अझै केही समय गर्नुहोला तर, त्यो ब्रान्डभन्दा खास अन्तर रहेन ।’
उनले राष्ट्रियता र स्वाधीनताको प्रश्नमा मुख्य शक्तिहरु विभाजित हुनु दुःखद भएको धारणा राखे । ‘यहाँ एउटा पक्ष भारतीय शक्ति केन्द्रलाई रिझाउने र अर्को पक्ष नयाँ शक्ति केन्द्रको रुपमा उदाएको चीनलाई रिझाएर अर्को ध्रुव खडा गर्ने प्रयासमा रहेका छन्,’ उनले भने । उनले यस्तो ध्रुवीकरण देशभित्र मात्र होइन, बाह्य शक्ति केन्द्रहरुलाई निम्त्याएर देशलाई ठूलो सामरिक केन्द्र बनाउने प्रयास भइरहेको बताए । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्