×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनबी इन्सुरेन्सको खुद नाफा १८१ प्रतिशतले वृद्धि

PRIME CA

एनबी इन्सुरेन्सको खुद नाफा १८१ प्रतिशतले वृद्धि

२५ बैशाख २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनबी इन्सुरेन्सले १८१.४८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । यो त्रैमाससम्ममा एनबीको खुद नाफा ६ करोड २० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो नाफा २ करोड २० लाख ५२ हजार रुपैयाँ मात्र थियो ।  एनबीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । पुँजी वृद्धिका लागि एनबीले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । इन्सुरेन्सले जगेडा कोषमा पनि ५३.९६ प्रतिशतले वृद्धि गरेर ९ करोड ३५ लाख ४० हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा ६ करोड ७ लाख ५६ हजार रुपैयाँ थियो । 
गत वर्षको तुलनामा यो त्रैमासमा कम्पनीको बिमा कोषको आकार पनि ७३.५० प्रतिशतले बढेर ८ करोड २९ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ४ करोड ७८ लाख ११ हजार रुपैयाँ थियो । एनबीले तेस्रो त्रैमाससम्ममा ४९ करोड ५६ लाख  ८२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १३७.६७ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले २० करोड ८५ लाख ५५ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । एनबीको प्रतिसेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ ६५ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १० पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: