- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले भारतीय बोर्डबाट सिए उतिर्ण हुनेलाई अव नेपालको सदस्यता नदिने निर्णय गर्न लागेको खबरपछी आइक्यान अन्तर्गतको विद्यार्थी संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स संगठन (एनकासा) का अध्यक्षले उक्त माग एनकासाको बर्षौंदेखिको माग भएकाले कुनैपनि हालतमा पूरा हुने बताएका छन् ।
सिए सरोकारसँग आइतबार विहान कुराकानी गर्दै एनकासाका अध्यक्ष ऋषि पोखरेलले भने, ‘यो बर्षौंदेखिको एनकासाको माग हो । यो माग एक्यानको हुनुपर्ने थियो । तर हामी यसका लागि लाग्यौं । यो निर्णय हुनेमा कुनै शंका छैन । यसको विरोध गर्नेहरु भौतिक रुपमै आइक्यानमा उत्रिने चेतावनी दिइरहेका छन् । म् उहाँहरुलाई विचारको लडाई गर्न आग्रह गर्छु । यो निर्णयले नेपाली सिए तथा सिए विद्यार्थीहरुलाई निकै फाइदा र प्रोत्साहन दिन्छ ।’
अन्य विद्यार्थी संगठनले गर्न लागेको विरोधतर्फ संकेत गर्दै उनले थपे, ‘यो निर्णय सहज ढंगले नै पास हुन्छ । अन्य साथीहरुले विरोधको गलत शैली अपनाउनुभयो भने एनकासाले पनि विद्यार्थी र सिएहरुको साथ पक्का लिन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्