Skip to content
LAXMI SUNRISE BANK

कम्युनिष्ट पार्टीको नेपाल बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा बम बिष्पोट, मतदाताहरु अातंकित

अर्थ सरोकार

नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको बन्दका कारण विहानैबाट पूरै नेपाल ठप्प भएको छ । काठमाडौं उपत्यकासहित देशभरका बजार, यातायात, कलकारखाना बन्द भएका छन् । बन्दको क्रममा ठाउँठाउँ शंकास्पद बस्तु फेला परेका छन् ।
यसैबीच शुक्रबार राति चितवनको भरतपुरस्थित बिरेन्द्र क्याम्पस नजिक बम बिस्फोट भएको छ भने रत्नगरको पर्सा पुलमा बम भेटियको छ । उक्त बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
शनिबार नेपाल बन्द, पुर्बसन्ध्यामा देशभर मशाल जुलुस
काठमाडौं उपत्यकामा बन्दकर्ता सडकमा देखिएका छैनन् तर बाहिर जिल्लामा भने सडकमा निस्केर प्रहरी धरपकड, गिरफ्तारी र चुनावको विरुद्धमा नारा लगाइरहेका छन् ।म् चुनावको एक दिन अागडि मात्र अायोजना गरेको बन्द र ठाउँठाउँमा भेटिएका बमका कारण मतदाता अातंकित भएका छन् । यसअघि बन्दको पूर्वसन्ध्यामा शुक्रबार साँझ कम्युनिष्ट पार्टीले देशभर मसाल जुलुस गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK