
प्यूठान – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतान्त्र, संघीयता र गणतन्त्रलाई समाप्त पार्न एमाले कम्मर कसेर लागेको आरोप लगाएका छन् ।
कांग्रेस स्वर्गद्वारी नगर समितिले आइतबार विहान प्यूठानको भिंग्रीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले जातीय सद्भाव बिथोलेर एमालेले देशलाई विखण्डनमा लैजान खोजेको आरोप लगाए ।
उनले एमालेको भूल–भुलैयामा नलाग्न सवैलाई आग्रह पनि गरे । कोइरालाले एमाले गफ चुटेर जनता भ्रमित पार्ने पार्टी भएकाले बेलैमा पहिचान गर्न पनि आग्रह गरे । कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र नेकपा माओवादी परित्याग गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्