
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एसबीआई बैंकको ४०% हकप्रद सेयर आउदै छ । एसबीआईले धितोपत्र बोर्डबाट ४०% हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । बैंकले १०ः४ अनुपातमा १ अर्ब ९९ करोड १९ लाख ४२ हजार रुपैयाँको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । हकप्रद सेयरका लागि बैंकले वैशाख २६ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा वैशाख २५ भित्र नै सेयर किनिसक्नुपर्नेछ । यसअघि कायम सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
बोर्डबाट अनुमति पाएकाले बैंकले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया बढाउनेछ । राष्ट्र बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउन निर्देशन दिएपछि एसबीआईले आकर्षक हकप्रदको बाटो रोजेको हो । एसबीआईले यसअघि पनि प्रिमियममा प्रतिसेयर ९ सय ७१ रुपैयाँ दरले कुल ६७ हजार ७६७.८७ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओ बाँडफाँट भइसकेको छ । बैंकले एफपीओमा लगानी गरेकाले समेत पाउने गरी हकप्रद ल्याउन लागेको हो । गत वर्षको नाफाबाट बैंकले लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर पनि दिइसकेको छ । दोस्रो त्रैमासको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ २० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्