- अर्थ सरोकार सम्बाददाता
दैलेख- दैलेखमा कांग्रेस एमाले झडप भएपछि स्थानीय प्रशासनले दैलेखमा कर्फ्यु लगाएको छ । आज बेलुका ७ बजेबाट भोलि विहान ५ बजेसम्म कर्फ्यु हो ।
मतगणनाका क्रममा कांग्रेस एमाले बीच झडप भएको थियो भने सोहि विषयलाई लिएर एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट पनि भएको थियो ।
‘कांग्रेस एमालेबीच झडप भएपछि रातीको समयमा जे पनि हुन सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको बताएको छ। ‘ दैलेखबाट पत्रकार लोकेन्द्र पौडेलले बताएका छन् ।