
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७.२५% ले खुद नाफा बढोत्तरी गरेको छ । यो त्रैमासमा एनएलजीले १२ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको खुद नाफा ११ करोड ६ लाख ७८ हजार रुपैयाँ थियो । एनएलजीको यो त्रैमाससम्म चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १० करोड ५७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको बिमा कोषको आकार पनि बढेर ५३ करोड ११ लाख ६१ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३०% ले बढी हो । गत वर्ष एनएलजीको बिमा कोषमा ४० करोड ७० लाख ३४ हजार रुपैयाँ थियो ।
कम्पनीले ५८% ले बढाएर महाविपत्ति जगेडा ३ करोड ५ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष महाविपत्ति जगेडा १ करोड ९३ लाख ६६ हजार रुपैयाँ थियो । एनएलजीको कुल बिमा शुल्क आर्जन १ अर्ब १ करोड ३२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा बिमा शुल्क आर्जन पनि १८.४८% ले वृद्धि गरेको हो । गत वर्ष इन्सुरेन्सले ८५ करोड ५१ लाख ७६ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । एनएलजीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ २८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्