काठमाडौं – स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएका केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न नपाएका हुन् ।
संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरेपनि उनि नगएपछि बैठक बस्न नसकेन प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ।
अहिले तीन दलका नेताहरु संसदमा भएपनि वैठक भने बस्न सकेको छैन । सहमतिको प्रयास असफल भए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्