×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा अनुमति माग्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा अनुमति माग्दै

३ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले ११ लाख कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यको ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता निष्कासनको अनुमति मागेको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनसीएसम मर्चेन्ट बैंकिङ लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहनेछन् । यस्तै, कम्पनीले स्थानीय बासिन्दालाई सेयर बिक्री गरिसकेपछि सर्वसाधारणका लागि पनि १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि पनि निष्कासन खुला जानकारी दिएको छ ।
पञ्चकन्याले २७ करोड ५० लाख रुपैयाँ बराबरको प्रथमिक निष्कासन गर्न लागेको हो । यो हाइड्रोपावर कम्पनीले इलामको माबु, माईमझुवा र सुलुबुङ्ग गाविसमा अप्पर माई जलबिद्युत आयोजनाबाट ९.९८ मेघावट बिद्युत उत्पादन गरिसकेको छ । हालै, यो आयोजनाको क्षमता विस्तार गरी १२ मेघावटको बनाइएको छ भने ६.१ मेघावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जलबिद्युत आयोजना पनि निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवर्धन गरेको जलबिद्युत आयोजना हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी