
काठमाडौं – पाइलट भएर आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय पारसकुमार राईलाई केही भएन। तर, शनिबार दिउँसो १ :३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो।
विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए। घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौँ।’
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षा।
सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध हुनु भएको थियो। उहाँले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नु भएको थियो।
उहाँको पाइलट लाइसेन्स नम्बर ९एडीपीइएल नम्बर० २१९ हो। अहिलेसम्म उहाँले टुइनटर, डोनियर जहाज उडाइसक्नु भएको थियो। अहिले भने उहाँले एलइटी ४१० उडाइरहनु भएको थियो। लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो। व्यवसायमा इमान्दार र मिनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहानुहुन्थ्यो। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्