×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोट हालेपछि मुसुक्कै हाँस्दै प्रधानमन्त्रीले भने, ‘ कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो’ !

LAXMI SUNRISE BANK

भोट हालेपछि मुसुक्कै हाँस्दै प्रधानमन्त्रीले भने, ‘ कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो’ !

३१ बैशाख २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन – प्रधानमन्त्री प्रचण्डले चितवन पुगेर भोट हालेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।’
साथै उनले आफ्नो पार्टी र कांग्रेसको तालमेल अनुसार नै भोट हालेको बताए ।’कांग्रेससँगको तालमेल अनुसार नै भोट हालियो’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।  प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजेर ८ मिनेट जाँदा मतदान गरेका थिए । मतदानका लागि उनी शनिबार सपरिवार चितवन आएका थिए । प्रचण्डकी छोरीहरु रेणु दाहाल र गंगा दाहालले पनि लक्ष्मी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी