
काठमाडौँ – १२ वर्षको प्रतिक्षा पछाडि अन्तत कांग्रेस सभापति शेरबहादुर देउवाको भाग्य बलेको छ । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासन सत्ता आफ्नो हातमा लिँदै देउवालाई असक्षमको विल्ला भिराएर कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदबाट अपदस्थ गरेर शासनसत्ता आफ्नो हातमा लिएका थिए ।
भन्छन,बाह्र वर्षमा खोला फर्कन्छ । तर यहाँ १२ वर्ष चार महिनाको प्रतिक्षा पछि देउवाको भाग्य फर्किएको छ । देउवा देशको कार्यकारी प्रमुखको हैसियतमा उक्लन लागेका हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा गरेसँगै नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया अघि बढ्ने भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमति कायमै रहेको अवस्थामा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिम साता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो । संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन्।
उसो त देउवा र प्रचण्डको केमेष्टीको मिलन पछाडि कम्युनिष्ट गठबन्धनको सरकार भत्काइयो र नौ महिने म्यादी प्रधानमन्त्रीका रुपमा माओवादीसँगका सत्तासाझेदार देउवाकै कारण प्रधानमन्त्री प्रचण्ड समेत वदनाम भए । जस्तो प्रधानमन्त्री प्रचण्ड सबैभन्दा बढी विवादित भए आइजिपी प्रकरणमा । यो देउवाकै रुचीका साझेदार बन्दा प्रधामन्त्री प्रचण्डमाथि समेत प्रश्न चिन्ह उठ्यो ।अर्काे विवादित काम थियो,आफूले भनेको व्यक्तिलाई आइजिपी नवनाइए पछाडि सर्वाेच्चका प्रधानन्यायधीश विरुद्ध महाअभियोग ।
देउवाकै इन्ट्रेसमा आशा लामा देखि शर्मिला पराजुलीजस्ता विवादित व्यक्तिलाई राजदुत नियुक्तको लागि सिफारिस गर्दा प्रधानन्त्री प्रचण्ड आलोचनामा परे । अबको पेचिलो प्रश्न चाहिँ तीन वटा प्रदेशको निर्वाचन गरेर प्रचढण्डको बर्हिगमन भएको छ र सत्तामा देउवाको उदय हुँदैछ । एकातिर प्रचण्ड जस्ता देउवा वोल्ड डिसिजन गर्ने हैसियत राख्दैनन,दोश्रो देउवालाई मधेसी दलहरुले समेत विश्वाश गर्ने अवस्था छैन । यस्तो अवस्थामा के देउवाले घोषित मितिमै दोश्रो चरणको निर्वाचन गराँउलान वा फेरि पनि असक्षमताको विल्ला लगाएर निस्केलान । प्रतिक्षाको विषय छ ।
आफ्नै पार्टी समेत एकलौटी ढंगले चलाएका देउवाकै कारण पार्टीभित्र असन्तृष्ठहरुको भीड बढिरहेको समयमा देउवा चौथो पटक सिंहदरवार छिर्दा यसपटक पनि अरु तीन पटकझैं असक्षम नै करार होलान वा प्रचण्डको उनी प्रतिको विश्वाश जीवितै राख्लान ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्