
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ जनताको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो सम्बोधनको लागि हिजै भाषण तयार पारेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनको सुरुवातमै हालै सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको सफलताको बारेमा प्रकाश पार्नेछन् ।
त्यस्तै दाहालले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको सुनिश्चितता र मधेशी मोर्चालाई पनि चुनावमा पूर्ण रुपमा सहभागी गराउनेबारे केन्द्रित रहेर सम्बोधन गर्ने भएका छन् । त्यस्तै उनले सबै दलहरुलाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउने र जेठ १५ गतेको बजेटको बारेमा पनि सम्बोधनको क्रममा के गर्ने भन्नेबारे बोल्ने बुझिएको छ ।
प्रधानमन्त्री दाहालले झण्डै एक वर्षको कार्यकालमा आफू नेतृत्वको सरकारले गरेका उपलब्धिहरुको बारेमा चर्चा गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्