एजेन्सी-नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारतीय संचारमाध्यममा छाएका छन्।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।
सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीको अध्यक्ष रहेका ‘प्रचण्ड’ले भारतको झारखण्डमा भारतीय नक्सलवादीलाई हतियार चलाउन सिकाएको एक भारतीय नक्सलवादी नेताले दाबी गरेका छन् । सोही विषयका बारेमा भारतीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।
राँचीमा नक्सलवादीका कमाण्डर कुन्दन पाहनले ‘प्रचण्ड’सँग आफूले तालिम लिएको दाबी गरेका हुन् । भारतीय संचारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कुन्दन पाहनले सन् २००० मा आफूले नेपालका माओवादी नेता ‘प्रचण्ड’सँग तालिम लिएको प्रहरीसमक्ष जनाएका छन् । सरकारसंग केहि नलागेपछि पाहनले हालै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्