काठमाडौं – हुन्छ र हुँदैनको बिचमा ऐतिहासिक रुपमा सम्पन्न भएको स्थानिय निकायको निर्वाचन पश्चात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।
भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए ।
‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’ कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्