
काठमाडौं – काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले हिमाल, पहाड र तराई मिलाएर चुनाव गराई प्रतिपक्षलाई नै जित्ने अवस्था सिर्जना गरिदिएको बताएका छन् । उनले आफ्नो पार्टी हार्ने जान्दा जान्दै पनि मुलुकलाई चुनावमा लगेर प्रतिपक्षलाई नै जित्ने अवस्था सिर्जना गरिदिएको बताएका हुन् ।
संसदमा सरकारका तर्फबाट राष्ट्रपति प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, “तराई, पहाड र हिमाललाई मिलाएर तपाइँहरुलाई जित्ने अवस्था सिर्जना गरिदिएँ ।”
प्रचण्डले आफ्नो कार्यकालमा भएको विकासको पनि विरोध गरेको भन्दै आक्रोश पोखे । “विकासले तीव्रता पाएको छ, देश गतिशील भएको छ,” उनले भने, “सबै जस मलाई नै दिनुस् भनेको छैन । पहिलेको सरकारले नै गर्दा भएको भनेर भन्दा पनि मलाई केही फरक पर्दैन,लोडसेडिङको जस जसले लिए पनि हुन्छ तर देश समृद्धितिर जानुपर्यो ।”
उनले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढेकैले अहिले आफ्नो राजीनामा पनि केही ढिला गर्न प्रतिपक्षले माग गर्ने अवस्था आएको बताए ।
“दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने कुरा हुँदै थियो,” प्रधानमन्त्री दाहालले भने, “मधेस केन्द्रित दलहरुलाई पनि सहभागी गराउन प्रतिपक्ष दलको नेताको घरमै गएर दुई चरणमा निर्वाचन गर्ने अवस्था आयो, के गरौं भनेर छलफल गरेको हुँ ।
त्यसबेला प्रतिपक्ष दलको नेताले सकारात्मक जवाफ दिएपछि दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरिएको हो । प्रतिपक्षलाई विश्वासमा लिन नखोजेको सत्य हुँदै होइन ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्