Skip to content
LAXMI SUNRISE BANK

हतियार राखेको भन्दै कम्युनिष्ट पार्टी कार्यकर्ताका घर-घरमा प्रहरीले मार्यो छापा

अर्थ सरोकार

  • राजिब चन्द
काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, समर्थक, र शुभ चिन्तकहरुका घर-घरै प्रहरीले छापा मार्न सुरु गरेको छ। पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइसकेर अर्को चरणको निर्वाचन तयारी भइरहेका बेला निर्वाचन बहिष्कार अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका कार्यकर्ताका घर, कोठामा प्रहरीले खोजी-खोजी छापा मार्न थालेको हो ।
यसै क्रममा कम्युनिष्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य कुवेर घिमिरेको बालुवाटार स्थित कोठामा प्रहरीले छापा मारेको छ । घिमिरेले इमान्दार मिडियालाई टेलिफोन गरी दिएको जानकारीअनुसार प्रहरीले उनको कोठामा हतियार रहेको भन्दै छापा मारेको हो । 
प्रहरीले यसरी हतियार राखेको भन्दै कार्यकर्ताका कोठा र घरमा छापा मार्दै जनतामा आतंक मच्चाउन सुरु गरेको घिमिरेको आरोप छ । यस्तै आजै प्रहरीले कलंकी क्षेत्रमा रहेका कम्युनिष्ट पार्टी कार्यकर्ताका घर कोठामा छापा मार्दै कार्यकर्ताका परिवारहरुलाई आतंकित पार्ने, र यो पार्टीमा लाग्नु हुन्न भन्दै धम्क्याउने गरेको घिमिरेको आरोप छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK