काठमाडौं -बेला-बेलामा सामाजिक सञ्जाल फेसबुक ट्विटर विवादास्पद स्टाटस लेखेर वा अनेक-अनेक कारणले चर्चामा आइरहने प्रचण्ड पुत्र प्रकाश फेरि चर्चामा आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने चर्चा सुरु हुन् नपाउदै छोरा प्रकाश दाहालले प्रमुख प्रतिपक्षी एमालेमाथि फेसबुक स्टाटस लेखेर कडा प्रहार गर्दै चर्चा बटुलेका छन् ।
प्रकाशले मंगलबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डको अर्को रेकर्ड भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेपछि फेरी एक पटक उनको चर्चा चलेको हो ।
जनताले विभिन्न काममा प्रचण्डलाई बधाई दिइरहेको उल्लेख गर्दै उनले कसैले राजीनामा नमागेको, अविश्वास प्रस्ताव पनि दर्ता नभएको, संसदमा बहुमत नगुमाएको, सरकारमा रहेका दल र प्रतिपक्षीले पनि राजिनामा नदिन भनिरहेको बेला राजीनामा दिएर प्रचण्डले सहमति कार्यान्वयन गर्न खोजेको बताएका छन्।
आफ्नो पूर्व प्रतिबद्धता अनुरुप राजिनामा दिएर प्रचण्ड इमान्दार रहेको पुष्ट गर्न खोजेको बताएका छन् । त्यस्तै, उनले आगामी सरकारलाई सफलता पूर्वक स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न गर्न पनि शुभकामना दिएका छन् ।
२०७४ जेठ ९ गते प्रकाशित
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्