
- अर्थ सरोकार संवाददाता ।
काठमाडौं : भूकम्पको समयमा त्रिपाल घोटाला काण्डमा मुछिएका नुवाकोटका कांग्रेसी नेता रमेश महतले अन्तर्घात गरी काँग्रेसका उम्मेदवारलाई नै हराएको रहस्य खुलेको छ ।
विगतको संसदीय निर्वाचनमा तीनवटै क्षेत्रमा जितेको कांग्रेसले यसपटक यिनै महतका कारण पराजय भोग्नु परेको छ । नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढि नगरपालिका, ककनी गाउँ पालिका, किम्ताङ गाउँपालिकालगायतका कांग्रेसका किल्लाहरुमा आफू निकटकाले टिकट नपाएपछि कांग्रेस महाधिवेशनमा जगदिश नरसिंह केसीसँग सभापतिमा हारेका महतले यस्तो बबन्डर मच्चाएका हुन् ।
अन्तर्घात गर्नुअघि उनले आफ्नै कम्पनीमा चोरी भयो भन्दै प्रहरीको सहानुभूति लिने प्रयास गरेका थिए । जबकी उनकै डिजाइनमा चोरी काण्ड मच्चाएको प्रहरीको आन्तरिक छानविन समितिले रिपोर्ट दिइसकेको छ ।
कृष विकास बैंकमा सेयर होल्डरको तर्फबाट सञ्चालक समिति सदस्य रहेका महत गैरकानुनी कर्जामा समेत मुछिदै आएको बैंककै कर्मचारी बताउँछन् । चुनावमा अन्तर्घात गर्नकै लागि महतले सुन्धाराको काठमाडौं महलमा रहेका दुईवटा आफ्नै मोवाइल पसलबाट केही मोवाइलका सेट बाँडेको पनि खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्