चितवन -चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई बाँदर भनेका छन् ।प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका हुन् ।
एसपी थापाले तल्लोस्तरमा झरेर न्यौपाने र सिवाकोटी बाँधर झैं मतपत्र च्यात्न गएको बताएका छन् । त्यतिबेला कभर्ड हलमा सौहार्दपूर्ण वातावरणमा मतगणना भइरहँदा थापाले बताए । मत गणनामा अाफू र डीएसपीसहित ३३ जना रहेको बताउँदै थापाले एउटा समूहमा सामान्य विवादकै बीच मतपत्र च्यातेको अारोप लगाएका छन् । उनले ४-५ मत च्यातेको बताए ।
एसपी थापाले विवाद सुरु हुनसाथ त्यसतर्फ जान खोज्दा अाफूले सम्झाएको बताउँदै दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनले मत गणनास्थलमा उम्मेदवारका प्रतिनिधि बाहेक अरु कोही नभएको समेत जानकारी दिएका छन् ।
गनेर नतिजा सार्वजनिक भइसकेका मतपत्र पनि माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेर मत गणना स्थगित गरेको छ । वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्