भरतपुर – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालको प्रतिष्पर्धा रोमान्चक मोडमा पुगेको छ । पछिल्लो समय रेणुको मत भकाभक आउन थालेपछि मतान्तर १००० मुनि पुगेको छ ।
पछिल्लो परिणाम अनुसार, मेयर पदमा एमालेका देवी ज्ञवालीले ३७ हजार ९ सय ५३ मत प्राप्तगर्दा माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ९ सय ७७ मत प्राप्त गरेकी छन् ।