×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ढुक्क भए हुन्छ, भरतपुरमा रेणु हार्छिन् : कांग्रेसहरुको उनलाई भोट नहाल्ने गोप्य सहमति भएको थियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ढुक्क भए हुन्छ, भरतपुरमा रेणु हार्छिन् : कांग्रेसहरुको उनलाई भोट नहाल्ने गोप्य सहमति भएको थियो’

Artha Sarokar

३ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अहिले भारतपुरको मतपरिणामलाई लिएर विभिन्न खाले बहस भइरहेका छन् । कतिले नेकपा एमाले अगाडी आउने भनीरहेका छन् भने कतिले रेणु अगाडी आउने दावी गरिरहेका छन् । तर चितवनमा सच्चा कांग्रेस भएर नेतृत्वको एलाएन्स चित्त नबुझी रेनुलाई मत नहाल्ने गोप्य सहमति भएको थाहा पाउने हामीजस्ता भने ढुक्क छौँ, रेणु हार्छिंन् ।
हुन त यो भन्ने सहि बेला नहुनपनि सक्छ । किनकि रेणु हारेको मतपरिणाम आउन अव धेरै समय कुर्नुपर्दैना । धेरै उत्सुक पनि हुनुपर्दैन ।किनकि नेतृत्वको निर्णय नमानेर नेतृत्वकै पुत्ला जलाएका हाम्रो ठुलो समूहले रेणुलाई भोट कुनैपनि हालतमा नहाल्ने निर्णय गरेका थियौं ।
हालौं पनि कसरी, हाम्रा कतिपय दाजुभाइ कांग्रेस भएकै कारण माओवादीबाट मारिनुपरेको थियो । के हाम्रो अस्तित्व छैन र ? हामीले प्रमाणित गर्नुथियो, कि अप्राकृतिक गठबन्ध नकहिलेपनि कसैलाई पनि फाप्दैन ।
मलाइ थाहा छ, म मात्र होइन धेरै कांग्रेसीहरुले रेणुले भोट हालेका छैनन् । बरु माओवादीले युद्धकालमा दुख दिंदा कतिपय एमालेजनले साथ दिएका थिए । ‘फ्लोर-क्रस’ नै मानौं हामी धेरै भरतपुरबासी कांग्रेसीहरुको मत रेणुलाई गएको छैन । रेनुले हार्ने पक्का छ । यसबाट सबैले ठुलो पाठ सिकुन् ।
एमालेका उम्मेदवारलाई अग्रिम बधाई ।
(विषय अनुकुलतालाई हेरेर आफ्नो नाम प्रस्तुत गर्न असमर्थ छु । भरतपुरको नतिजाको सार्है चर्चा भएपनि यति लेख्न मन लाग्यो ।)           
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी