×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर ताजा अपडेट : महानगर २५ मा माओवादी केन्द्र विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भरतपुर ताजा अपडेट : महानगर २५ मा माओवादी केन्द्र विजयी

Artha Sarokar

११ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन – चुनावी केन्द्रको रुपमा रहेको भरतपुर महानगरपालिकाको मत गणना जारी छ । बिहीबार विहानसम्म अाउँदा एमालेका देवी ज्ञवालीको भन्दा माओवादी केन्द्रकी रेणु दाहालको मत बढेको छ ।
यसैबीच महानगरको वडा नं २५ मा माओवादीका वडाध्यक्ष विजय भुजेल विजयी भएका छन । सोही वडामा एमाले भन्दा धेरै बढी माओवादी केन्द्रलाई मत खसेको छ ।
वडा नं २५ को मतगणना गरिसक्दा एमालेका देवी ज्ञवालीले ३०६८२ मत पाएका छन् भने रेणु दाहालले २८९३३ मत पाएकी छन् । 
मंगलबार साँझसम्म देवी र रेणुको मतान्तर ३८ सयको हाराहारीमा थियो । बुधबार बेलुका सम्म यो मतान्तर थप साँघुरिएर २१ सयमा झरेको थियो ।
विहीबार बिहानसम्म आइपुग्दा रेणु दाहालले मतान्तरलाई १७४९ मा झरेकी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी