महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्न लागेको छ । जारी मतगणनामा एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् ।
माओवादी केन्द्रकी रेणु दाहालले मतअन्तर घटाइरहेका कारण एमालेका कार्यकर्ता चिन्तित देखिएका छन् भने माओवादी र काँग्रेस गठबन्धनको पनि ढुकढुकी बढेको छ ।
अहिले १९ नम्बर वडाको मतगणना जारी छ । वडा नम्बर १९ मा २८ सय ६० मत खसेको थियो । वडाको १२ सय मतगण्ना हुँदा माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहालले मतान्तर २९ मात्र घटाएकी छिन् । अहिलेसम्म एमालेका एमालेका देवी ज्ञवाली ७५५ मतले अगाडि छन् ।
अहिलेसम्म देवीले ४१ हजार २०१ मत पाएका छन् भने रेणुले ४० हजार ४३७ मत पाएकी छिन् । यसैगरी, १९ नम्बरको वडा अध्यक्षमा रुखमा २७२ मत आएको छ भने सूर्यमा २१४ मत आएको छ । यस्तै, हसियाँ र हतौडामा ४१ मत आएको छ ।
मतअन्तर खासै नघटेको हुँदा चुनाव जित्नेमा एमाले ढुक्क देखिएको छ भने २० नम्बर वडाको पनि मतगणना भएकाले त्यहाँ पुगेपछि रेणुले अग्रता लिने काँग्रेस माओवादीको विश्वास छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्