
- एजेन्सी
साउथ कोरियन मोबाइल अपरेटर एसके टेलिकमसँगको सहकार्यमा सामसुङले नयाँ फोन ग्यालेक्सी ‘वाइड टु’ सार्वजनिक गरेको छ। कोरियामा सार्वजनिक यस फोनको मोडल नम्बर SM-J727S राखिएको छ जसले गर्दा यस फोनलाई अन्य देशमा जेसेभन (२०१७) को नाममा उपलब्ध हुन सक्छ।
यस फोनमा ५.५ इन्च एचडी टच्स्क्रीनका साथ २.५डी राउण्डेड ग्लास डिस्प्लेमा बनेको छ। त्यस्तै, १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर र एन्ड्रोइड ७.० नोगाट अपरेटिङ सिस्टम रहेको यस फोनमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल मेमोरी रहेको छ।
३३०० एमएएचको ब्याट्री क्षमताको यस फोनमा १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। कोरियामा यसको मूल्य २७ हजार ४ सय रुपैंयाँ अर्थात २९७००० कोरिया वन निर्धारण गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्