
- अर्थ सरोकार सम्बाददाता
नयाँ दिल्ली -भारतको दिल्ली विधानसभा बैठकमा बुधबार हात हालाहल भएको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीका विद्यायकहरुले आफ्नै पार्टीबाट निलम्बित नेता कपिल मिश्रामाथि हातपात गरेका हुन् सदनको कारबाही भइरहेका बेला विद्यायकहरुले मिश्रामाथि हातपात गरेका हुन् । कपिल मिश्रा उनै नेता हुन्, जसले हालै दिल्ली सरकार और र मूख्य मन्त्री अरविन्द केजरीवालमाथि गम्भीर आरोप लगाएका थिए ।
केजरीवालमाथि उनले लगातार आरोप लगाएपछि आक्रोसित बनेका आम आदमी पार्टीका विधायकहरुले कपिललाई समातेर कुटेका हुन् । कपिल मिश्राले बताएका छन् कि उनले मंगलवार विधानसभा अध्यक्षलाई पत्र लेखेर सदनमा बोल्नका लागि ५ मिनेटको समय मागेका थिए । उनले अरविन्द केजरीवाल तथा सत्येन्द्र जैनले गरेको भनिएको अनियमतितताका विषयमा रामलीला मैदानमा खुला विशेष सत्र बोलाउन माग गरेका थिए । कपिलले मदनलाल तथा अमानतुल्ला खान जस्ता विधायकले उनमाथि हातपात गरेको आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्