- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको मतगणना नसकिंदै माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् । अहिलेसम्म ५०० मत पनि ल्याउन नसकेका उनले आफुले हारेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् ।
‘मैले चुनाव हारें, तर प्लीज मलाइ गाली नगर्नुहोस्, पार्टीलाई पनि गाली नगर्नुहोस्’ उनले मतदाताहरुलाई अपील गर्दै भने । सामाजिक संजालमा आफु र आफ्नो पार्टीका कार्यकर्ताले नै आफु र पार्टीलाई गाली गरिरहेकोप्रति लक्षित गर्दै त्यसो नगर्न आग्रह गरे ।