
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भक्तपुरको राजर्षि गुरुकुलले नियमविपरित शुल्क उठाउने गरेको खुलासा भएको छ । शिक्षा विभागको अनुगमन टोलीलले अनुगमनका क्रममा राजर्षिले भर्नाका नाममा लुट मच्चाएको रहस्य खुलेको हो । मासिक शुल्क, अन्य शुल्क, खाना शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क, ल्याब शुल्क, स्टेशनरी, आइटी, ट्रान्सपोटेशन लगायतका शीर्षकमा नियमविपरित शुल्क उठाई विद्यालयले लुट मच्चाउने गरेको खुलासा भएको हो ।
शिक्षा विभागको निर्देशिकामा माविमा ३ हजार ६ सय बढी शुल्क लिन नपाउने ब्यवस्था भएपनि विद्यालयले विना रसिद अभिभावकबाट भर्नाका नाममा ५० हजार देखि २ लाख ३० हजारसम्म शुल्क असुलेको समेत खुलासा भएको छ । विभागको शैक्षिक गुणस्तर परीक्षण शाखाका देवीराम अर्यालको नेतृत्वमा गएको तीन जनाको अनुगमन टोलीको अनुगमनबाट राजर्षिले विद्यार्थीबाट लुट मच्चाइरहेको खुलेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्