
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा चुनाव र सेयर बजारको अन्तरसम्बन्ध (आधारभुत र प्राविधिक पक्षबाट ) विषयक नि:शुल्क कार्यशाला हुने भएको छ । यहि आउँदो शनिबार अर्थात २०७४ बैशाख २३ गते विहान ११ बजेबाट नयाँ ठिमीस्थित थ्री एस इनभेस्टमेन्टको कार्यालयमा यो कार्यशाला सम्पन्न हुन लागेको हो ।
‘राजनीतिक परिघटनाले नेपालको सेयर बजारमा असर गर्ने भन्ने सुनिए वा देखिएपनि त्यसको खास कारण के हो भन्ने चर्चा कार्यक्रममा गरिनेछ । यसले समग्र लगानीकर्ताहरुलाई राजनीतिक अवस्था कस्तो हुँदा कसरी लगानी गर्ने भन्ने ‘आइडिया’ लिन पनि सजिलो हुन्छ ।’ अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै थ्रीएस इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले भने ।
उनका अनुसार कार्यक्रममा सहभागी हुन ९८४९०५६१६१ नम्बरमा सीधा सम्पर्क गर्न सकिनेछ । थ्रीएस इन्भेष्टमेन्टको आयोजनामा यसअघिपनि थुप्रै कार्यक्रमहरु भइसकेको स्मरण गर्दै संस्थाका सीइओ बजगाईं भन्छन्, ‘अरु पटक जस्तै यसपटक पनि सहभागीहरुको उत्साहपूर्ण सहभागीताको अपेक्षा गरेका छौं ।’ उक्त कार्यक्रमलाई धीतोपत्र डटकमले प्राविधिक सहयोग गरेको हो भने अर्थ सरोकार डटकम उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनरको रुपमा रहनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्