
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – श्री एयरलाइन्सले करोडौं डलर अपचलन गरेको खुल्न आएको छ । नागरिक उड्ययन प्राधिकरणको नियमकानुन मिच्दै हेलिकप्टर सञ्चालन गर्दै आएको कम्पनीले त्यसबाट प्राप्त गरेको करोडौं डलर अपचलन गरेको पाइएको हो । संयुक्त राष्ट्रसंघीय निकायलाई हेलिकप्टर भाडामा लगाउँदै आएको कम्पनीले सोबापत प्राप्त हुने रकम नेपाल भित्र्याउनु पर्ने नियम भएपनि बाहिरबाहिरै वेपत्ता पार्ने गरिएको स्रोतको दावी छ ।
यसरी हुन्छ डलर अपचलन !
स्रोतका अनुसार कम्पनीसँग भएको ६ वटा एमआई १७ का रसियन हेलिकप्टर अधिकांस समय देशबाहिर युएनको काममा डुल्ने गरेका छन् र सो काम पनि प्राधिकरणको नियमविपरित हुने गरेको छ । सन् २०१०, २०१२, २०१३ र २०१४ मा चारओटा हेलिकप्टर युएन अन्तर्गतको विश्व खाद्य कार्यक्रमको काममा प्रयोग गरेको कम्पनीले त्यसबेला प्रतिघण्टा अमेरिकी डलर ८००० मा प्रति महिना ६० घण्टा ज्ञारेन्टी आवर कायम गर्ने गरी काम गरेको थियो । सोहि रकममात्रको हिसाव गर्दापनि एयरलाइन्सले एक करोड डलर (नेपाली एक अर्ब बढी नेपाली रुपैयाँ) आम्दानी गरेको देखिन्छ । तर उक्त रकम नेपाल नै नल्याई अपचलन गरिएको हो ।
राष्ट्र बैंक र आन्तरिक राजश्व विभागमा उजुरीको तयारी !
स्रोतका अनुसार श्री एयरलाइन्सको सञ्चालक सुधीर मित्तलले यसरी नेपाल नल्याइएको धन कालो धन्दामा प्रयोग गर्ने गरेका छन् । ‘मित्तल विरुद्ध नेपाल राष्ट्र बैंकमा डलर अपचलनको मुद्धा हाल्ने तयारीमा एक समूह छ । आन्तरिक राजश्व विभागमापनि उनीविरुद्ध मुद्धा हाल्ने तयारीमा श्री एयरलाइन्सकै केहि कर्मचारीहरु छन् ।’ स्रोतले भन्यो ।
प्रतिक्रिया दिन मानेनन् मित्तलले
यस विषयमा हामीले कम्पनीका संचालक सुधीर मित्तलसँग कुराकानी गर्ने प्रयास गरेका थियौं । तर हाम्रो प्रयासका वावजुतपनि उनी सम्पर्कमा आउन चाहेनन् । ‘अर्को एक अनलाइनले पनि यस विषयमा समाचार हालेको छ । अहिले यसबारे कुनै प्रतिक्रिया नदिने भनेर उनी बसेका छन् ।’ मित्तल निकट उनका एक आफन्तले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्